SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

नीतिगत कडाइ, व्यवसायी हतोत्साही

काठमाडौं : निर्वाचनबाट पुराना दलहरूलाई किनारामा पार्दै झन्डै दुईतिहाइको रास्वपा नेतृत्वको सरकारले शनिबार १०० दिन पूरा गर्दैछ। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले शनिबार नै सरकारका उपलब्धि पनि सार्वजनिक गर्दैछ। हुन त, सरकार गठनलगत्तै १०० दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरिएको थियो। सुशासनका पक्षमा कतिपय राम्रा काम भए पनि विकास निर्माणले भने गति लिन सकेन।