केप भर्डे विरुद्ध संघर्षपूर्ण जित निकाल्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा
काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत केप भर्डेलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३- २ ले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले अन्तिम समयमा निकै संघर्षपूर्ण जित दर्ता गरेको हो।खेलको २९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा ल्याएका थिए।पहिलो हाफमा अर्जेन्टिना १-०को अग्रतामा रह्यो। दोस्रो हाफमा खेलको ५९ औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्कायो।
