SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ ११:०० PM · 1 मिनेट पढाइ

असार २४ देखि तीन दिनसम्म राहदानी सेवा बन्द हुने

काठमाडौं : राहदानी विभागले नयाँ प्रणाली (सिस्टम) कार्यान्वयनका लागि असार २४ गतेदेखि तीन दिनसम्म जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा बन्द हुने जनाएको छ।विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्ने कार्यका कारण असार २४ देखि २६ गतेसम्म जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा बन्द रहनेछ।