वीरगन्जमा ब्राउन सुगरसहित ३ युवक पक्राउ
वीरगन्ज : वीरगन्जमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज १६ रजतजयन्ती चोकमा शुक्रबार दिउँसो भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको ना ४० प ९१६० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
