SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

आङ्देम्बेले प्रधानमन्त्री बालेनलाई 'तपाईंलाई चिन्दिनँ भनेपछि...'

काठमाडौं : प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन)ले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद् सदस्यहरूसँग संवादको शैली अपनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाए।