प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस
काठमाडौं । रिक्त प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की (मोरङ) सिफारिस भएका छन् । शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो । आजको परिषद् बैठकले अन्य दुई जनालाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । जसमा डा. राजीव सुब्बा र गुरु वाग्ले रहेका छन् ।
