SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

उच्च अदालतको आदेश- ‘एन्फा पदाधिकारीको वैदेशिक भ्रमणमा रोक नलगाउनू’

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा सदस्यहरूलाई वैदेशिक भ्रमणमा रोक नलगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज (शुक्रबार) उक्त आदेश दिएको हो ।