SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

‘प्रहरी हुँ’ भन्दै साढे १५ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको पोशाक लगाएको तस्बिर समेत देखाइ ठगी गर्ने इलामको इलाम नगरपालिका–१० घर भइ हाल काठमाडौं गल्कोपाखा बस्दै आएकी दिपिका तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।