रविले भने– ‘महाधिवेशनमा प्रदेश संरचना खारेज गर्नुपर्छ भनेका छैनौँ’
काठमाडौं । सत्तरुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतैपनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको दाबी गरे ।
