SHARE
पर्दाफास · शुक्रबार​ १९ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

सरकारका १०० दिन : कानुन सुधार र निर्माण वर्षको थालनी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष २०८३–८४ लाई ‘कानुन सुधार वर्ष’ का रूपमा घोषणा गरी प्रचलित कानुनमा पुनरावलोकन तथा सुधार गर्ने भएको छ । मन्त्रालयले प्रचलित कानुनहरुको पुनरावलोकन तथा सुधारका लागि कानुन सुधार वर्ष मनाउने र त्यसका लागि उच्चस्तरीय कानुन सुधार समिति तयार गर्ने तयारी गरेको छ ।