कांग्रेस संस्थापनइतर पक्षको निष्कर्ष : संस्थापन पक्ष एकतर्फी ढंगले अघि बढ्न खोज्यो
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकता महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको निष्कर्ष निकालेको छ। शुक्रबार पूर्णबहादुर खड्का निवास काठमाडौंमा बसेको संस्थापन इतर समूहका नेताहरूको बैठकले संस्थापन पक्ष निरन्तर एकतर्फी ढंगले अघि बढ्न खोजेकाले अहिलेको अवस्थामा एकता महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको कांग्रेस नेता मीन विश्वकर्माले बताए।
