सहमतिको प्रयास क्षीण हुँदै गइरहेको कांग्रेस संस्थापनको निष्कर्ष
काठमाडौं । विशेष महाधिवेशनपछि कांग्रेसमा देखिएको संकट थप गहिरिँदै गएको देखिएको छ । निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि तत्कालीन संस्थापन अर्थात् शेरबहादुर देउवा पक्ष असन्तुष्ट बन्दै आइरहेको छ । विभिन्न चरणमा दुई पक्षबिच सहमतिको प्रयास गरिएको भनिए पनि एकताको महाधिवेशन क्षीण बन्दै गइरहेको संस्थापन इतरका नेता मीन विश्वकर्माले जानकारी दिए ।
