त्रिविको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको जिम्मेवारी प्रा.डा.भोला थापालाई दिइएको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले त्रिविको उपकुलपतिमा प्रा.डा.थापालाई नियुक्त गरेका हुन् । थापा यसअघि काठमाडौं विश्वविद्यालयको कुलपति रहेर काम गरिसकेका छन् । । उपकुलपति सिफारिस समितिले थापासहित ३ जनाको नाम सिफारिस गरेको थियो ।
