एमालेले भन्यो- सरकारको १०० दिन फितलो, अपरिपक्व र विवादास्पद (पूर्ण पाठसहित)
काठमाडौं : नेकपा एमालेले बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद रहेको बताएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेर सरकारमाथि नीतिगत र संवैधानिक विचलन देखिएको बताएका छन्। घोषणापत्र र नीतिमा विरोधाभास हुन्, संविधान संशोधन प्रक्रिया अपारदर्शी हुनु, संघीयताविरोधी अध्यास गर्नू र सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छारिता देखाएको एमालेको आरोप छ। एमालेले सरकारले राष्ट्रियता र कूटनीतिक क्षेत्रमा पनि असफलता हात पारेको बताएको छ।
