SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरेको हो । १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो ।