SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

वीरगन्जको मेनरोडमा आजदेखि फेरि चल्यो डोजर

वीरगन्ज : त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगन्जको मेन रोड (मुख्य सडक)को क्षेत्रमा रहेका संरचनाहरूमाथि शुक्रबारदेखि फेरि डोजर चलेको छ।पहिलो चरणमा गत वैशाख ६ र ७ गते डोजर चलाएपछि करिब अढाई महिनादेखि अलपत्र परेको मेनरोड विस्तारको काम शुक्रबारदेखि फेरि सुरु गरिएको हो।गत वैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ-बायाँ २५/२५ मिटर) पर्ने घर, भवन लगायतका संरचना डोजर लगाएर भत्काएको थियो।