SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं : सानिमा बैंक र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन्। यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ। एपीआईमा आधारित भुक्तानीको थालनीसँगै परम्परागत म्यानुअल र ब्याचमा आधारित प्रक्रियालाई पूर्ण रूपमा स्वचालित, वास्तविक समयमै भुक्तानी हुने इकोसिस्टमले प्रतिस्थापन गर्नेछ।