SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

बैतडीमा बस दुर्घटना

काठमाडौं । बैतडीमा बस दुर्घटना भएको छ । शुक्रबार दिउँसो कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटनामा परेको हो । धनगढीबाट बैतडी जाने क्रममा बैतडीको पाटन नगरपालिका–८ गैराखान भन्ने स्थानमा उक्त बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्स्पेक्टर भुवन तिमल्सिनाले लोकपथलाई जानकारी दिए ।