SHARE
पर्दाफास · शुक्रबार​ १९ असार २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

ड्युटीकै क्रममा सहकर्मीको राइफलबाट गोली चल्दा प्रहरी जवान घाइते

सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्मी गम्भीर घाइते भएका छन्। बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको घटनामा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका हुन्।