SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

निजामती कर्मचारीले अब सिंहदरबारमै स्वास्थ्य सेवा पाउने

काठमाडौं : निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई सञ्चालनमा ल्याइएको हो।मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।