SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सिआइबीकै नाममा स्क्याम, इमेल पठाएर सम्पर्क गर्न उर्दी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नाम दुरुपयोग गरेर इमेलमार्फत स्क्याम गर्ने गतिविधि बढेको पाइएको छ। सिआइबी प्रमुखको नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाएर ठगी तथा भ्रम सिर्जना गर्ने प्रयास भएपछि प्रहरीले अनुसन्धान थालेको छ।