झापामा विद्युत् सर्ट भएर आगलागी, ४२ लाख बराबरको क्षति
झापा । मेचीनगर नगरपालिका–१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय चुडामणी गुरागाईंको एकतले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो ।
