पूर्णबहादुरको निवासमा इतर समूहको बैठक, को–को छन् सहभागी ?
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बसेको छ । संस्थापन इतर शेरबहादुर देउवा समूहका प्रमुख नेता पूर्णबहादुर खड्का निवास गोल्फुटारमा बैठक बसेको हो । कांग्रेसका पूर्व कार्यवाहक सभापतिसमेत रहेका खड्काले आफू निकटका नेताहरुलाई छलफलका लागि बोलाएका थिए ।
