SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

काठमाडौं विश्वविद्यालयको दीक्षान्तमा शिक्षामन्त्री : ‘नेपालमै गुणस्तरीय शिक्षा र पर्याप्त अवसर सिर्जना गछौँ’

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।