‘साउन्ड सिस्टम’ बिग्रिएपछि राष्ट्रियसभा बैठक स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन्ड सिस्टममा प्राविधिक समस्या देखिएपछि केहीबेरका लागि स्थगित गरिएको छ । बैठक सुरु भएको करिब १७ मिनेटपछि प्रत्यक्ष प्रसारणमा अडियो नआएको समस्या देखिएपछि सभाको कार्यवाही रोकिएको हो । प्राविधिक समस्या समाधानका लागि बैठक केहीबेरका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
