शिक्षामन्त्रीलाई गगनको सुझाव- ‘विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुहोस्, अनि मात्र सुधार हुन्छ’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा देखिएको राजनीतिकरण र दलीयकरण नै सुधारको प्रमुख बाधक बनेको बताए ।
