SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, १ लाख ४२ हजार बढीले पाए शेयर

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको प्राथमिक शेयर (आईपीओ) शुक्रबार औपचारिक रूपमा बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले एक कार्यक्रमकाबिच आईपीओ बाँडफाँटको प्रक्रिया टुङ्ग्याएको हो । कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो ।