सरकारले सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न सकेन : हर्क राई
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौँ फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् । अध्यक्ष राईले सरकारले केही गर्ने कोशिस गरेपनि जनताले महसुस हुनेगरी परिणाम दिन नसकेको दाबी गरे ।
