विश्वका धेरै देशलाई तेल बेच्ने रूस आफैं किन फस्यो इन्धन संकटमा ?
रुस : रुस विश्वका धेरै देशहरूलाई तेल बिक्री गर्ने प्रमुख देश हो । तर अहिले भने रूस आफैं गम्भीर इन्धन संकटसँग जुधिरहेको छ । समाचार एजेन्सी एपीका अनुसार, रूसका पेट्रोल पम्पहरूमा लामो लाइन दिन प्रतिदिन बढ्दै गएको छ । युक्रेनले पछिल्ला केही महिनादेखि रूसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) हरूमा लगातार ड्रोन तथा मिसाइल आक्रमण गरेपछि इन्धन आपूर्तिमा ठूलो असर परेको हो । यसले सर्वसाधारणमा निराशा र अन्योल बढाएको छ ।रूसका धेरै क्षेत्रमा इन्धनको रासनिङ (सीमित वितरण) सुरु गरिएको छ ।
