थमन विक हत्या प्रकरण:पूर्वसांसद कोइरी जेल चलान
बर्दिबास:पूर्वसांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन् उनलाई जलेश्वर कारागार पठाइएको हो। जिल्ला प्रहरी कार्यालयले पेश गरेपछि जिल्ला अदालत जलेश्वरले कैद भुक्तानका लागि कारागार पठाइएको महोत्तरीको प्रहरी प्रवक्ता एव डिएसपी पन्चलाल गोलेले जनाए ।मधेस आन्दोलनको क्रममा ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई बिहीबार पक्राउ गरिएको थियो ।
