२० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ,अदालत पेश गरिँदै
काठमाडौं: कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँ निवासी अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार घर्ती मगर २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए। फरार भएको करिब २१ वर्षपछि उनलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
