६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
काठमाडौं । विगत ६ महिनादेखि सरकारले उपलब्ध गराउनुपर्ने महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गर्दै कार्यालयको नियमित कामकाज ठप्प पारेका छन् । कर्मचारीहरूको भनाइअनुसार सरकारले अनिवार्य दायित्वअन्तर्गत उपलब्ध गराउनुपर्ने महँगी भत्ता गत माघ महिनादेखि रोकिएको छ ।
