स्वास्थ्य बिमा बोर्डले भन्यो : मंसिरसम्मको २३ अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी गरियो
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १७६ रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता भुक्तानी गरिएको हो ।
