बलिउड सुपरस्टार आमिर खानले जुलाई ५ मा गौरीसँग तेस्रो विवाह गर्दै
भारत : बलिउडका सुपरस्टार आमिर खानले आफ्नो विवाहको औपचारिक विवरण सार्वजनिक गरेका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी जुलाई ५ मा आफू वैवाहिक बन्धनमा बाँधिन लागेको जानकारी दिएका हुन् ।कार्यक्रममा आमिर खानले भने, ‘जुलाई ५ मा मेरो विवाह हुँदैछ । हाम्रो लागि यो निकै विशेष दिन हो । विवाह समारोहमा दुवैतर्फका परिवारका सदस्यहरू र केही नजिकका साथीहरू मात्र उपस्थित हुनेछन् । विवाह घरमै सम्पन्न हुनेछ ।
