SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

कर्णालीमा खसेको गाडी कहाँ पुग्यो ? दोस्रो दिन पनि किन भेटिएन ?

कर्णाली । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी दोस्रो दिन पनि जारी रहेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर शुक्रबार बिहान ८ बजेदेखि पुनः खोजी कार्यमा परिचालन भएका छन् ।