SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

अल्जेरियामाथि सहज जित निकाल्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा प्रवेश

काठमाडौं । स्विट्जरल्याण्डले अल्जेरियामाथि २–० को सहज जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलो र ड्यान एनडोएले समान एक–एक गोल गरे । खेलको १०औँ मिनेटमा एम्बोलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।