कर्णालीमा बेपत्ता फोर्स गाडीको खोजी पुनः सुरु, गोताखोर परिचालन
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा बिहीबार खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजीका लागि दोस्रो दिन पनि गोताखोर परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोरले शुक्रबार बिहान ८ बजेदेखि पुनः खोजी अभियान सुरु गरेका हुन्।
