चितवनमा ठेकेदारले कुटे प्रमुख प्रशासकिय अधिकृत
चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कुटपिट भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार बिहान करिब १०:३० बजे इच्छाकामना गाउँपालिका–४, कुरिनटारस्थित गाउँपालिकाको कार्यालयमा ठेक्कापट्टासम्बन्धी विषयमा छलफल भइरहेका बेला खगेडी खोलाको ठेक्का लिएका मुख्य ठेकेदार लालबहादुर गोलेसँग आएका २/४ जनाले प्रमुख प्रशासकीय अधिकृत बस्नेतसँग वादविवाद गर्दै कुटपिट गरेका थिए।
