SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

भेनेजुएला भुकम्प : एक व्यक्तिको आठ दिनपछि भग्नावशेषबाट जीवितै उद्धार

भेनेजुएला : भेनेजुएलामा आएको विनाशकारी दुई भूकम्पको आठ दिनपछि नौतले भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले यसलाई ‘चमत्कारिक उद्धार’ को संज्ञा दिएको छ । हेर्नान अल्बेर्तो गिल फ्लोरेस नामका ती व्यक्ति ला ग्वाइरास्थित एउटा सपिङ मलको पार्किङ भवन भत्किँदा करिब २९ फिट गहिरो भग्नावशेष मुनि पुरिएका थिए ।स्थानीय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीले धेरै दिनसम्म अत्यन्तै सावधानीपूर्वक सञ्चालन गरेको अभियानपछि बिहीबार उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको हो ।