SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

थमन विक हत्या प्रकरण : पूर्व सांसद कोइरीलाई अदालतमा पेस गरिँदै

बर्दिबास : महोत्तरी प्रहरीले पक्राउ गरिएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत जलेश्वरमा पेस गर्दैछ । बिहीवार गौशालाबाट पक्राउ परेका उनलाई  अदालतमा उपस्थित गराउन लागिएको महोत्तरीको प्रहरी प्रवक्ता एव डीएसपी पन्चलाल गोलेले जनाए । अदालतको आदेश लगतै कोइरीलाइ कारागार पठाइने छ । स्रोतका अनुसार उनलाइ जलेश्वर कारागार पठाउने तयारी छ । तर, प्रहरीले यसलाई भने पुष्टि गरेनन् ।