अल्जेरिया विरुद्ध जित दर्ता गर्दै स्विट्जरल्यान्ड राउन्ड अफ १६ मा
काठमाडौं: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।भ्यानकुभरमा भएको खेलमा स्विजरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गरेको हो।खेलको १०औं मिनेटमा स्विट्जरल्यान्डले पहिलो गोल गर्यो। स्विट्जरल्यान्डको लागि ब्रेल एम्बोलोले गोल गरे। अल्जेरिया २ पटक राम्रो मौका सदुपयोग गर्न सकेन।पहिलो हाफमा स्विट्जरल्यान्डले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवाती मिनेटमा नै स्विट्जरल्यान्डले अग्रता दोब्बर बनायो।
