SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

खामेनीको अन्तिम संस्कारका क्रममा आक्रमण गरे कडा जवाफ दिने इरानकाे चेतावनी

काठमाडौं : इरानले आफ्ना सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्तिम संस्कारका क्रममा यदि अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूले कुनै पनि किसिमको कारबाही गरेमा त्यसको कडा जवाफ दिने चेतावनी दिएकाे छ।बीबीसी मनिटरिङका अनुसार, इरानको खातम अल-अम्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले खामेनीको अन्तिम संस्कार अगाडि अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूलाई इरानविरुद्ध कुनै पनि कदम नचाल्न चेतावनी दिएका हुन्।