SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

माननीयको मान, सेलिब्रेटीको साख

आजकल हाम्रो समाजमा प्रतिभाभन्दा विवाद छिटो भाइरल हुन्छ। उपलब्धिभन्दा आरोपको हेडलाइन ठूलो हुन्छ। र, योगदानभन्दा स्पष्टीकरणको प्रेस मिट बढी हुन्छ। के यो ठीक हो ? यसको गम्भीर बहस हुनु जरुरी छ।सेलिब्रेटी हुनु के अब कुनै विशेष काम वा उपलब्धि देखाउन नपर्ने हो र ? एउटा चुनाव जिते सांसद, एउटा गीत हिट भयो गायक, एउटा चलचित्र चले कलाकार, एउटा एक्सक्लुसिभ समाचार आए पत्रकार, भिडियो भाइरल भए कोही रातारात सेलिब्रिटी। केही हदसम्म त्यसरी सेलिब्रेटी होइएला।