रास्वपाले आज सांसदलाई डिजिटल प्लेटफर्म ‘आरएसपीइआरएस’ बारे अभिमुखीकरण गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको आरएसपीइआरएस नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
