SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

देउवा–खड्का–शेखर पक्ष वार्तामा सकारात्मक

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र एकताको प्रयास तीव्र पारिएको छ।विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहलाई समेट्न संस्थापन पक्षले सक्रियता बढाएको हो संस्थापनले वार्ता प्रयास जारी राखे पनि देउवा समूह अलग गतिविधिमा सक्रिय छ।आगामी असोजमा हुने नियमित महाधिवेशनलाई लक्षित गरी संस्थापनइतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने तयारीसमेत गरेको छ।