SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

किन शून्यमा खुम्चिए मधेसी दल ?

जनकपुरधाम : वर्षौंवर्षदेखि राज्यको मूलधारबाट उपेक्षित मधेसी समुदायले पहिलो पटक संगठित रूपमा आफ्नो पहिचान, प्रतिनिधित्व र अधिकारका लागि २०६३ सालमा सडक ततायो।नेपालको राजनीतिक इतिहासमा २०६३ को मधेस आन्दोलन एउटा निर्णायक मोडमा पुग्दै आन्दोलनले केवल माग पूरामात्र गरेन, सत्ता समीकरण परिवर्तनसँगै मधेस केन्द्रित राजनीतिक शक्तिहरूलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिसमेत बनायो।मधेस आन्दोलनको रापतापबाट उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोजस्ता नेताहरू ‘मधेसको मसिहा’ को रूपमा चिनिए।