आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू(भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने सम्भावना छ ।
