अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा स्पेनले अष्ट्रियालाई ३–० पराजित गरेको छ । राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।
