भेनेजुएलामा भूकम्पको ८ दिनपछि भग्नावशेषबाट एक पुरुषको जीवितै उद्धार
भेनेजुएला : भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पको आठ दिनपछि एक पुरुषलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। १४० टनभन्दा बढी भग्नावशेषमुनि थुनिएका हेर्नान गिललाई उद्धारकर्ताहरूले चमत्कारिक रूपमा जीवितै बाहिर निकाल्न सफल भएका हुन्।उनलाई पहिचान गरिएको १०० घण्टाभन्दा बढीको निरन्तर र जोखिमपूर्ण प्रयासपछि उद्धार गरिएको हो। चिलीका एक फायरफाइटरले यस अभियानलाई 'आफ्नो जीवनकै सबैभन्दा जटिल र प्राविधिक रूपमा कठिन उद्धार' भनी वर्णन गरेका छन्।
