SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

४२ वटा गाडीको कालो सिसा निकालियो

झापा : झापामा पनि कालो सिसा प्रयोग गर्ने सवारीसाधन विरुद्ध ट्राफिक प्रहरीले कडा कारबाही सुरु गरेको छ। जिल्लामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कालो सिसा प्रयोग गर्ने गाडीविरुद्ध कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष राईले बताए। जिल्लामा चलाएको अभियानअन्तर्गत ३ दिनमा ४२ वटा चार पाङ्ग्रे सवारीको कालो सिसा निकालिएको उनले बताए।